ग्लोबल आइएमइले प्यासिफिक र सनराइजले एनआइडिसी किन्न अन्तिम स्वीकृति पाए



काठमाडौ। नेपाल राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले दुई वाणिज्य बैंकलाई दुई विकास बैंक किन्न अन्तिम स्वीकृति दिएको छ ।

राष्ट्र बैंकले ग्लोबल आइएमइ बैंकलाई प्यासिफिक डेभलपमेन्ट बैंक र सनराईज बैंकलाई एनआइडीसी क्यापिटल मार्केट किन्न अन्तिम स्वीकृति दिएको सह–प्रवक्ता राजेन्द्र पण्डितले क्लिकमाण्डूलाई जानकारी दिए ।

एक्वायरको अन्तिम स्वीकृति प्राप्त गरेका संस्थाहरुले चाँडै नै एकीकृत कारोबार सुरु गर्ने जनाएका छन् ।

०्र७४ असार मसान्तसम्ममा राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकहरु मर्जर तथा एक्वायरमा आकर्षित भएका हुन् ।


पुष्प दुलाल