नेपाल बैंक कोहलपुरमा 



काठमाडौं । नेपाल बैंक लिमिटेडले कोहलपुरमा १२९औं शाखा विस्तार गरेको छ ।

सो शाखाको उद्घाटन प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले गरे । शाखाको शुभारम्भ गर्दै उनले नेपालकै सबैभन्दा पुरानो बैंक नेपाल बैंक भएकाले यसले यसप्रति ग्राहकको विश्वसनीयता बढ्दै गएको बताए ।

बैंक सञ्चालक समितिका सदस्य डा डम्बरबहादुर भण्डारीले कोहलपुर क्षेत्र मध्यपश्चिम क्षेत्रकै केन्द्रबिन्दु भएकाले यसबाट ग्राहकलाई सेवा दिन सहज हुने जानकारी दिए ।


क्लिकमान्डु