८ अंकले घट्यो नेप्से परिसुचक, कारोबार ४३ करोडको



काठमाडौं । सोमबार नेप्से परिसुचक ७ दशमलव ९६ अंकले ओरालो लागेको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक ७ दशमलव ९६ अंकले घटेर १४५७ दशमलव ८८ अंकमा नेप्से परिसुचक अडेको हो ।

आज १ सय ३४ कम्पनीका २३ लाख २५ हजार ७ सय ६९ कित्ता सेयर किनबेच भएको छ । बजारमा ४३ करोड २३ लाख ३२ हजार ८ सय ६६ रुपैयाँ मुल्य बराबरको सेयर कारोबार भएको हो ।

बजारमा दुई समुहकोे परिसूचक हरियो देखिएको छ भने बाँकी सबै समूहको परिसूचक रातो भएको छ । आज परिसुचक बढ्नेमा उत्पादन मुलक समुह ७ दशमलव ३६ र वित्तीय समूह २२ दशमलव ७२ अंकले वृद्धि भएको छ । बीमा समूह ६६ दशमलव १३ र होटल समूह १७ दशमलव ४३ अंकले कमी आएको छ ।

मेरो माइक्रोफाइनान्स र अपी पावरको क्रमस ३ दशमलव ८५ र ३ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ ।

खानीखोला जलविद्यृत र मिथिला लघृवित्तको क्रमस ८ दशमलव ६९ र ७ दशमलव ७९ प्रतिशतले कमी भएको छ ।

कालिका माइक्रो क्रेडिट र ग्रिन विकास बैंकको ९ दशमलव ९४ र ९ दशमलव ८९ अंकले बढ्यो भने शृजना फाइनान्स र प्रोगेसिप फाइनान्सको ५ दशमलव ७५ र ५ दशमलव २९ अंकले घटेको हो ।


क्लिकमान्डु