अबको मन्त्रीपरिषदमा राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसीको मर्जर प्रस्ताव



काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेण्ट बैंकको मर्जको निर्णय अबको मन्त्रीपरिषद बैठकले गर्ने वताएका छन् ।

सोमवार काठमाण्डौमा वाणिज्य बैंकको ५२औं वार्षिकोत्सब समारोहलाई संवोधन गर्दै उपप्रधानमन्त्री महराले दुबै बैंकको मर्जको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

‘मर्जर गर्ने मन्त्रालयको प्रस्तावमा मैले हस्ताक्षर गरिसके । अबको मन्त्रीपरिषदको वैठकमा प्रस्तुत हुन्छ,’ महराले भने ।

सरकारको पुर्णस्वामित्वको बैंक भएको नाताले आधारभुत तहका जनता, ग्रामिण र उत्पादनमुलक क्षेत्रमा बैंकिङ् सेवा पु¥याउने सरकारको दायित्व पुरा गर्न वाणिज्य वैंकले बिशेष ध्यान दिनुपर्ने वताए ।


पुष्प दुलाल