तपाईको एटीएमबाट यसरी पनि पैसा चोरी हुन्छ है !



काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले अर्काको एटीएमबाट पैसा निकाल्ने इत्तेदार खान र निरञ्जन मेहेता नाम गरेका दुई भारतीयलाई पक्राउ गर्यो ।

सीआइबीबा अनुसार उनीहरुले काठमाडौं उपत्यकाका एक दर्जन एटीएम बुथबाट महिना दिनमा ६ लाख रुपैयाँभन्दा बढी चोरी गरेका छन् ।

यसअघि एटीएम बुधमा क्यामेरा राखेर ग्राहकको डाटा चोरी गरेका थुप्रै घटनाहरु सार्वजानिक भइसकेका छन् । त्यस्तो गिरोहलाई प्रहरले पक्राउ पनि गरिसकेको छ ।

इक्तेदार बुथ बाहिर निगरानी गर्ने भने निरञ्जन आफ्नो कार्ड हातमा लिई रकम निकाल्ने बहानामा अर्को ग्राहक भइरहेको अवस्थामा बुथभित्र छिर्थे । र, भन्थे-मेरो एटीएम कार्डबाट पैसा निस्केन । सोझा ग्राहकहरुले आफ्नो एटीएमबाट थोरै पैसा निकालेर रकम निकाल्ने तरिका सिकाईदिन्थे, त्यसपछि त्यही ग्राहकको एटीएम प्रयोग गरेर उनीहरुले चोरी गर्थे ।

तर, अहिले पक्राउ परेकाहरुले भने चोरी गर्ने नयाँ जुक्ति अपनाएका छन् । प्रहरीका अनुसार उनीहरु दुबैजना बिहानैबाट एटीएम बुथ चाहार्थे ।

इक्तेदार बुथ बाहिर निगरानी गर्ने भने निरञ्जन आफ्नो कार्ड हातमा लिई रकम निकाल्ने बहानामा अर्को ग्राहक भइरहेको अवस्थामा बुथभित्र छिर्थे । र, भन्थे-मेरो एटीएम कार्डबाट पैसा निस्केन । तपाईँले आफ्नो एटीएमबाट पैसा निकालेर मलाई सिकाइदिनु होस् न’ भन्दै अनुरोध गर्थे ।

सोझा ग्राहकहरुले आफ्नो एटीएमबाट थोरै पैसा निकालेर रकम निकाल्ने तरिका सिकाईदिन्थे, त्यसपछि त्यही ग्राहकको एटीएम प्रयोग गरेर उनीहरुले चोरी गर्थे,’ सीआइबीले भनेको छ,-‘ ग्राहको एटीएम निकाल्ना साथ ‘डु यु निड मोर टाईम’ भन्ने अप्सन आउने र त्यो अप्सन ओके गरी चोरी गर्ने गरेको अनुधानबाट खुल्न आएको छ ।’

त्यतिमात्रै होइन, इन्टरनेटको गति स्लो भएको बेला रकम प्राप्त नभई ‘डु यु वान्ट टु कन्टिनियु ?’ भन्ने अप्सन आएको अवस्थामा ‘यस’ भन्ने बटम दबाएर अघि डायल गरेको रकम निकाल्ने गरेको प्रहरीले जनाएको छ ।

यसरी ठगी गर्नेहरुलाई बैंकहरुले उपलब्ध गराएको सीसी टीभीको फुटेजका आधारमा ठमेलको होटल इसीओबाट पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले बैंकिङ कसूर अन्तगर्त मुद्दा दायर गरेको छ ।

यसरी अर्काको एटीएमबाट निकालिएको रकम क्यासिनो तथा होटलहरुमा खर्च गर्ने गरेको प्रहरीले जनाएको छ ।


पुष्प दुलाल