मिटर विगारेर बिजुली बेच्ने प्राधिकरणका १६ कर्मचारी पक्राउ



काठमाडौं । विद्युत चोरीमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै नेपाल विद्युत प्राधिकरणका वहालवाला र पूर्व कर्मचारी छन् ।

उनीहरुले मिटर विगारेर कम विल उठाई उद्योगधन्धालाई बिजुली बेच्दै आएका थिए ।

मिटर विगारेर उद्योग–कलकारखानालाई कम बिल उठाई त्यहाँबाट पैसा लिने गिरोहलाई रेड ह्यान्ड पक्राउ गरिएको महानगरीय प्रमुख सर्भेन्द्र खनालले बताए ।

‘यसरी विद्युत चोरी भएको सूचना पाएपछि हामीले विगत ३ हप्तादेखि अनुसन्धान गरिरहेका थियौं, आइतबार देशभरका ५/६ ठाउँमा मिटर विगारिरहेको अवस्थामा रेड ह्यान्ड पक्राउ गर्न सफल भएका हौं,’ खनालले क्लिकमाण्डूसँग भने ।

पक्राउ पर्नेहरुमध्ये प्राधिकरणका सुपरभाईजर सुमन श्रेष्ठलगायत छन् । उनीहरुको साथबाट मिटर विगार्ने मेसिनसमेत भेटिएको खनालले बताए ।

‘गाडीमै मिटर विगार्ने मेसिन पनि लिएर हिँड्दा रहेछन् । उदाहारणका लागि १० लाख बिल उठेको छ मिटर गिारेर १ लाख मात्रै बिलिङ गर्ने र उद्योगबाट ४/५ लाख रुपैयाँ लिने गर्दा रहेछन्,’ उनले भने ।

अहिले के कति परिणाम भन्ने बारे अनुसन्धान भइरहेको खनालले बताए ।

‘हामीले कति ठाउँमा, कति रकम बराबरको मिटर विगारेर कति लिएछन् भनेर अनुन्धान गरिरहेका छौं,’ उनले भने ।

प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि विद्युत चोरी नियन्त्रणलाई विषेश ध्यान दिँदै आएका छन् ।

लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङको अग्रसरतामा प्रहरीले मिटर विगारेर विद्युत चोरी गरी प्राधिकरणलाई नोक्सान पु¥याउने कर्मचारीलाई पक्राउ गरेको हो ।

मिटर अल्टर गर्ने मुख्य प्राविधिकहरू 

  • नाम : सुमन श्रेष्ठ

उमेर : ५० वर्ष

ठेगाना : का.जि.का.म.न.पा.वडा नं.२८

पेशा : नेपाल विद्युत प्राधिकरण, बालाजुको सुपर भाईजर

  • नाम : टहल बहादुर कार्की

उमेर : ५६ वर्ष

ठेगाना : जि.रामेछाप, ठोसे गा.वि.स.वडा नं.९

हाल : का.जि.का.म.न.पा.वडा नं.३४

पेशा : नेपाल विद्युत प्राधिकरणको पूर्व मेन्टिनेन्स

 

मिटर रिडरहरू :

  • नाम : महादेव प्रधान

उमेर : ५१ वर्ष

ठेगाना : जि.सर्लाही, हरिपुर-९

हाल : जि.मकवानपुर, हटौडा

पेशा : मिटर रिडर (नेपाल विद्युत प्राधिकरण, हेटौडा वितरण केन्द्र)

  • नाम : अच्युत खड्का

उमेर : ३९ वर्ष

ठेगाना : जि.सिन्धुपाल्चोक, सुनखानी गा.वि.स.वडा नं.२

हाल : का.जि.का.म.न.पा.वडा नं.३५ जडिवुटी

पेशा : ईलेक्ट्रिसियन (नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय, बानेश्वर)

  • नाम : दिल बहादुर साउद

उमेर : ५१ वर्ष

ठेगाना : जि.अछाम, भट्टाकाटिया गा.वि.स.वडा नं.५

हाल : का.जि.का.म.न.पा.वडा नं.३५ कोटेश्वर

पेशा : बरिष्ठ सहायक (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ )

  • नाम : ओम ढुंगाना

उमेर : ४८ वर्ष

ठेगाना : जि.नुवाकोट, चारघरे गा.वि.स.वडा नं.३

हाल : का.जि.नागार्जुन न.पा.वडा नं.२ रानीवन

पेशा : मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ )

  • नाम : श्याम बस्नेत

उमेर : ५० वर्ष

ठेगाना : जि.रामेछाप, सालुपाटी गा.वि.स.वडा नं.३

हाल : का.जि.का.म.न.पा.वडा नं.३४ शंखमुल

पेशा : मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ )

  • नाम : प्रदिप शर्मा

उमेर : ४६ वर्ष

ठेगाना : का.जि.नागार्जुन न.पा.वडा नं.१ रानीवन

पेशा : मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ )

  • नाम : सूर्य बहादुर थापा

उमेर : ३९ वर्ष

ठेगाना : जि.दाङ्ग, फूलवारी गा.वि.स.वडा नं.५

हाल : जि.ललितपुर, ईमाडोल

पेशा : मिटर रिडर (नेपाल विद्युत प्राधिकरण, लगनखेल)

  • नाम : ठाकुर महर्जन

उमेर : ४४ वर्ष

ठेगाना : का.जि.का.म.न.पा.वडा नं.३४ बानेश्वर

पेशा : मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ )

  • नाम : मनिज श्रेष्ठ

उमेर : ४९ वर्ष

ठेगाना : का.जि.का.म.न.पा.वडा नं.१०

पेशा : मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ )

  • नाम : भगवान पाण्डे

उमेर : ५४ वर्ष

ठेगाना : जि.भक्तपुर, नगरकोट न.पा.वडा नं.६

पेशा : नेपाल विद्युत प्राधिकरण, भक्तपुरको पूर्व सुपर भाईजर

 

उद्योग कलकारखानाका संचालकहरू :

  • नाम : कुमार लामा

उमेर : ३२ वर्ष

ठेगाना : का.जि.गोकर्णेश्वर न.पा.वडा नं.१३

पेशा : पानी फ्याक्ट्री (मञ्जुश्री खानेपानी)

  • नाम : तपन घोस

उमेर : ५१ वर्ष

ठेगाना : हाउडा जिल्ला उदयनारायणपुर थाना, भारत

हाल : का.जि.गौशाला

पेशा : मिठाई पसल संचालक

  • नाम : परवेज आलम

उमेर : ४६ वर्ष

ठेगाना : मोतिहारी जिल्ला, पूर्वि चम्पारण भारत

हाल : का.जि.नक्साल

पेशा : कपास व्यापारी

  • नाम : रमेश चुँडाल

उमेर : ३८ वर्ष

ठेगाना : जि.मोरङ, कोशिहैरचा न.पा. वडा नं.१२

हाल : का.जि.अनामनगर

पेशा : रामेश्वर मिठाई पसल संचालक

 

अपराध कार्य विधी :

  • नेपाल विद्युत प्राधिकरणका विल रिडरहरुले उद्योग कलकारखाना तथा व्यक्ति विषेशका घरहरुमा गई मिटरमा उठेको रकम भन्दा कम अंकको विल बनाई मिटर रिडर र ग्राहक मिल्ने गरेको ।
  • प्राधिकरणको वहालवाला र पूर्व टेक्निसियन तथा सुपरभाईजरले मिटर बक्सको सिल काटी मिटरमा उठेको अंकलाई विल बराबरको अंक उल्टोबाट घुमाई मिलाउने ।
  • अंक मिलाए पश्चातः सिल वायर, सिल गोटीको प्रयोग गरी मिटरमा आफैले सिल लगाउदै आएको ।
  • मिटरको सिल खोल्न र बन्द गर्न प्रयोग हुने उपकरणहरु सिल वायर, सिल गोटी, हुक, कटिङ पिलास, नोजल पिलास, पेन्चिस, चक्कु, मार्तोल, टेप तथा टर्च लाईट टेक्निसियन स्वयमले साथमै गैर कानुनी रुपमा राख्ने गरेको ।
  • निजहरुले प्रत्येक दिन २० देखि २५ स्थानहरुमा उक्त कार्य गर्दै आएको भेटिएको ।

अनुसन्धानबाट खुल्न आएका कुराहरु :-

  • विगत १२ वर्ष देखि विद्युत चुहावट गरी ठगी गर्ने कार्यमा संलग्न हुदै आएको ।
  • मिटर रिडरले मिटर रिड गरे पछि मिटरमा उल्लेखित युनिट भन्दा कम युनिटको विल वनाउने गरेको ।
  • ४।५महिनासम्म कम युनिटको विल बनाएपछि ग्राहकले टेक्निसियन कर्मचारी बोलाएर मिटरको युनिट अंक घटाउन लगाउने ।
  • टेक्निसियनको कर्मचारीले मिटर बक्सलाई उनिहरुकै घरमासमेत लगेर मिलाई पुनःजडान गर्ने गरेको ।
  • मिलाएको युनिटको आधा रकम ग्राहकले र आधा रकम मिटर रिडर, टेक्निसियन कर्मचारी तथा पुरानो मिटर रिडरले समेत बाँडफाड गरी लिने गरेको ।
  • यस्तो कार्य बढी विद्युत खपत हुने उद्योग, कलकारखाना तथा व्यक्ति विषेशका घरहरुमा गरिएको देखिएको ।
  • निजहरुले उक्त कार्य गरे वापत विभिन्न उद्योग कलकारखानाबाट दैनिक तथा मासिक रुपमा मोटो रकम लिदै आएको ।


पुष्प दुलाल