पुनर्निर्माणका प्राथमिकता परिवर्तन गर्न दातासँग अर्थ मन्त्रालयको छलफल




काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणप्रति दाताहरुले असन्तुष्टि जनाएका छन् । द्रुत गतिमा पुनर्निर्माण हुन नसकेको भन्दै दाताहरुले गुनासो गर्ने गरेको अर्थ मन्त्रालयका बैदेशिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्यालले बताए ।

पुनर्निर्माणको काम नभएका कारण खर्च हुन नसकेको उनको भनाई छ ।

‘हामीले पुनर्निर्माणका लागि थप पैसा देउ भनेर दादताहरुलाई भन्दा पहिला दिएको रकम खर्च गर त्यसपछि मात्रै थपको कुरा गर्न आउ भन्छन्,’ अर्यालले क्लिकमाण्डूसँग भने ।

दाताहरुसँग केही इस्यूहरु भएको उनले जानकारी दिए । कतिपय विषयमा दाताहरुको तोकिएको क्षेत्रभन्दा दायाँबायाँ गर्न नपाउने अरी सहयोग गरेकाले पनि पुनर्निर्माणमा समस्या आएको उनको भनाई छ ।

‘एसियाली विकास बैंक, जापान सहयोग नियोगको विद्यालय बनाउने कार्यक्रम छन् । त्यहाँ यो जिल्लाको यो क्षेत्रमा यतिवटा विद्यालय बनाउने भन्ने तोकिएको छ । त्यसैगरी, हाउजिङ ग्राण्ड छ । त्यो पनि तोकिएको भन्दा दायाँबायाँ गर्न पाइँदैन । कहिलेकाहीँ त्यसले हामीलाई अडल पनि गरेको छ । हाम्रो आवश्यकता एकातिर छ, अर्कातिर पनि काम गर्नुपर्ने क्षेत्रहरु छन् ।’ अर्यालले भने ।

कुनै जिल्लामा हराभरा काइदाका स्कुलहरु बनाउने अनि छेउकै जिल्लामा चाहीँ केही पनि नगर्दा जनतालाई अन्यायको महसुस भएको उनको भनाई छ ।

‘स्कोपिङ चेञ्ज गर्ने कि भन्ने कुरा पनि हामीले गरिरहेका छौं, त्यस विषयमा पनि दाताहरुसँग छलफल भइरहेकै छ,’ अर्यालले भने ।

के गर्ने भनेर कंक्रिट कुरा आउनु पर्ने उनको भनाई छ । ‘पहिला के गर्ने भनेर त अर्थ मन्त्रालयले भन्ने कुरा भएन, सम्बन्धित निकायले भनेको खण्डमा हामी दाताहरुसँग प्राथमिकता परिवर्तनका लागि कुरा गर्न तयार छौं,’ उनले भने ।

भएको पैसा खर्च गर्नुप¥यो र के गर्ने भनेर योजना बनाउनु पर्ने आवश्यकता रहेको उनले बताए ।


पुष्प दुलाल