६ महिनामा प्राइमले कमायो ५५ करोड



काठमाडौं। प्राइम बैंकले ६ महिनामा ५५ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष पुस मसान्तमा ४६ करोड नाफा गरेको प्राइमले यो पटक नाफा करिब २० प्रतिशतले बढाएको छ । ८० करोड रुपैयाँ ब्याज आम्दानी गरेको प्राइमले अघिल्लो वर्ष नउठेको १४ करोड रुपैयाँ उठाएको छ ।
५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ७४ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ७६ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु