ब्याज आम्दानी बढ्दा सिदार्थले कमायो ७२ करोड



काठमाडौं। सिदार्थ बैंकले पुस मसान्तसम्ममा ७२ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष पुस मसान्तको तुलनामा सिदार्थको नाफा करिब ५० प्रतिशत बढेको हो । अघिल्लो वर्ष पुस मसान्तमा सिदार्थले ४८ करोड ७४ लाख नाफा गरेको थियो ।

पुस मसान्तसम्ममा सिदार्थले १ अर्ब ३० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष ब्याज आम्दानी मार्फत ८० करोड आम्दानी सिदार्थले गरेको थियो । अघिल्लो वर्ष उठ्न नसकेको १२ करोड उठाएको छ ।

५ अर्ब २३ करोड चुक्ता पुँजी रहेको बैंकले पुस मसान्तसम्ममा ७४ अर्ब ९३ करोड निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ६२ अर्ब ६५ करोड गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७७.७२ प्रतिशत छ ।


क्लिकमान्डु