हिमालय एयरलाइन्सको उडान तालिका हेरफेर



काठमाडौं । हिमालय एअरलाईन्सले आफना यात्रुहरुको सेवाको लागि २१ जनवरीदेखि अप्रिल ०४ तारिखसम्म काठमाण्डौं-कोलम्बो-काठमाण्डौ मार्गको नयाँ उडान तालिका पुनः घोषणा गरेको छ ।

बन्दरनायक अन्तर्राष्ट्रिय विमानस्थलको रनवे मर्मत हुने हुँदा श्रीलंकाको उडान तालिकामा हेरफेर भएको कम्पनीले जानकारी दिएको छ ।

नयाँ उडान तालिका अनुसार, उडान नं. एच नाइन ६७३ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडाैंबाट ४ बजे स्थानिय समयमा प्रस्थान गरी ७:३० बजे स्थानिय समयमा बन्दरनायक अन्तर्राष्ट्रिय विमानस्थल, कोलोम्बोमा अवतरण गर्नेछ ।

त्यसैगरी कोलोम्बोबाट उडान नं. एच नाइन ६७४ को सोहि विमान ८:३० स्थानिय समयमा उडेर ११:४५ मा स्थानिय समय काठमाडौंमा अवतरण गर्नेछ । यस एअरलाईन्सको ए ३२०–२१४ विमान साताको दुई दिन मंगलबार र शनिवार उडान गर्दछ, जसमा ८ वटा विजनेस क्लास र १५० वटा इकोनोमी क्लास सिट क्षमताको रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु