१८० दिनको मुद्दति निक्षेपमा सिटिजन बैंकले ९.५ प्रतिशत व्याज दिने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले वार्षिक ९.५ प्रतिशत ब्याज दिनेगरी १८० दिने मुद्दति निक्षेप योजाना ल्याएको छ । बैंकका सबै शाखाबाट मुद्दति निक्षेप खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकले नेपाल धितोपत्र बोर्डबाट आस्वाको सदस्यता प्राप्त गरी माघ १ गते देखि उक्त सेवा आफना सम्पूर्ण शाखाहरुवाट संचालन गरिसकेको छ ।

लगानीकर्ताले यस प्रणालीबाट आइपीआ र एफपीओमा लगानी गर्दा खातामा रकम रोक्का राखी दिने र सेयर बाँडफाँडमा परे बमोजिम रकम मात्र कट्टा गरी बाँकी रकम खातामा फुकुवा गर्ने व्यवस्था मिलाईएको छ ।


पुष्प दुलाल