बैंकहरुले नलिएपनि पुनः तरलता प्रबाह गर्दै राष्ट्र बैंक



काठमाडौं । राष्ट्र बैंकले आजपनि ४० अर्ब रुपैयाँको तरलता बजारमा छाड्ने भएको छ । मंगलावार जारी भएको ४० अर्बको ऋणपत्रमा कम आवेदन परेपछि आज पुन ४० अर्बको ऋणपत्र बिक्री गर्न राष्ट्र बैंकले लागेको हो ।

बैंक तथा वित्तीय संस्थामा कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ८० प्रतिशत नजिक पुगेको र थप कर्जा प्रवाह गर्न समस्या भएपछि राष्ट्र बैंकले आफुसँग भएको ऋणपत्र मार्फत बजारमा तरलता छाड्न लागेको हो । यसबाट कर्जा निक्षेप अनुपात मिलाउन सकिने राष्ट्र बैंकले भनेपनि बैंकरहरु भने यसमा सहभागिता जनाएका छैनन् ।

मंगलवार जारी भएको ऋणपत्रमा अन्तर बैंक दरभन्दा कम रकममा पैसा लिन बैंकहरुले प्रस्ताव पेश गरेका थिए । अन्तर बैंक दरमा प्रस्ताव गरेको स्टाण्डर्ट चाटर्ड बैंकले मात्र राष्ट्र बैंकले उपलब्ध गराएको तरलता सुविधा उपयोग गरेका छ । मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याजदरमा पैसा उठाएका बैंकहरुले राष्ट्र बैंकको ऋणपत्र ४ प्रतिशत ब्याजदरमा पनि लिन इच्छुक देखिएका छैनन् ।

पुस मसान्तमा कर प्रयोजनका लागि ४० अर्ब हाराहारीमा रकम सरकारी खातमा गएपछि बैंकहरुको सीडी रेसियो ८० प्रतिशत नजिक पुगेको छ ।


क्लिकमान्डु