नोटमा लागेको प्रतिबन्द्धले भारतको आर्थिक बृद्धिदर घट्ने



नयाँ दिल्ली । अन्तराष्ट्रिय मुद्रा कोषले भारतको आर्थिक बृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । कोषले भारत सरकारले ठूला दरका नोट १००० र ५०० दरमा लगाएको प्रतिबन्दकोको कारण बृद्धिदर घट्ने प्रक्षेपण गरेको हो ।

आइएमएफले भारतको आर्थिक बृद्धिदर ७.६ प्रतिशतबाट घटाएर ६.६ प्रतिशत हुने प्रक्षेपण गरेको हो । भारतको अर्थव्यवस्था नगदमा आधारित भएको हुँदा नोट प्रतिबन्दको कारण आर्थिक क्रियाकलापमा सिथिलता आएको भनाई आइएफएफको छ ।

धान उत्पादन भएर बिक्री समयमा नोटमा लागेको प्रतिबन्दले किसानहरु बढी प्रभावित भएका थिए । एजेन्सी


क्लिकमान्डु