‘नेपालको पानी जनताको लगानी’मा हप्तादिनमै २ अर्ब बढीको प्रतिवद्धता



फाइल फाेटाे

काठमाडौं । उर्जा मन्त्रालयले सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमा आकर्षण देखिएको छ । उर्जा मन्त्री जनार्दन शर्माको विषेश शक्रियतामा उर्जा मन्त्रालयले यो अभियान सुरु गरेको थियो ।

गत सोमबारदेखि सुरु भएको यो अभियानमा आइतबार साँझ ४ बजेसम्म २१ हजार ८ सय २४ जना व्यक्ति र २१ वटा कम्पनीले २ अर्ब ११ करोड ७५ लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाइसकेको उर्जा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार व्यक्तिगत लगानीकर्ताहरुले २ अर्ब ५ करोड १५ लाख १० हजार ४ सय २७ रुपैयाँ र कम्पनीहरुले ६६ करोड १७ लाख ५० हजार रुपैयाँ लगानीको प्रतिवद्धता भएको छ ।

यसरी जनताबाट उठाइएको रकम विभिन्न जलविद्युत आयोजनाहरुमा इक्वीटीको रुपमा लगानी गरिने छ ।

मन्त्रालयले लगानीसम्बन्धी कार्यविधि नै बनाएर लगानीकर्ताहरुलाई आयोजना छान्न दिने बताइएको छ ।

लोडसेडिङ अन्त्य गर्न सफल भएका उर्जा मन्त्री शर्माले नयाँ जलविद्युत आयोजना बनाउने उद्देश्यले यो अभियान सुरु गरेका हुन् ।


पुष्प दुलाल