ज्योति विकास बैंकले हकप्रद सेयर जारी गर्ने



काठमाडौं । ज्योति विकास बैंकको साधारणसभाले हकप्रद सेयर जारी गर्ने भएको छ ।

साधारणसभाले बैंकले ११.७ प्रतिशत बोनस सेयर जारी गरेपछि १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, साधारणसभाले बैंकको संचालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट गोसाई केसी भण्डारी,हरिशचन्द्र खड्का,मोहनबहादुर बस्नेत,सन्तोष अधिकारी र क्षेत्रमान श्रेष्ठलाई निर्वाचित गरेको छ ।

संचालकबाट हरिचन्द्र खड्का अध्यक्षमा चुनिएको बैंकले जनाएको छ ।


पुष्प दुलाल