सिद्धार्थ डेभलपमेन्ट बैंकले हकप्रद सेयर जारी गर्ने



काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंकले आफनो विद्यमान शेयरधनीहरुको लागि १०: ६ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो हकप्रद शेयर निष्काशन सम्बन्धमा सो बैंक र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरे ।

बैंकका मिति २०७३ मंसीर २४ मा सम्पन्न १७औं वार्षिक साधारण सभाले विद्यमान शेयरधनीहरुमा (बोनस शेयर जारी पश्चात) १०: ६ को अनुपातमा हकप्रद शेयर जारी गर्न निणर्य गरेको थियो ।

बैंकको हाल १ अर्ब ४१ करोड ९१ लाख चुक्ता पुँजी रहेको छ, यस हकप्रद शेयर निष्काशन गरे पश्चात बैंकको चुक्ता पुँजी २२ करोड ७० लाख हुनेछ ।

बैंकको चालु आ.व मा आर्जित मुनाफावाट बोनस वितरण गरी नेपाल राष्ट्र बैंकको तोके अनुरुपको चुक्ता पूँजी २ अर्ब ५० करोड पुरयाउनेछ ।


पुष्प दुलाल