पुनर्निर्माण प्राधिकरणका सीइओ ज्ञवाली भन्छन्- साँझ ५ बजेसम्म काममै छु, बर्खास्तीको पत्र आएको छैन



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसील ज्ञवालीले आफूलाई सरकारले पदबाट बर्खास्त गरेको बारे कुनै जानकारी नआएको बताएका छन् ।

ज्ञवालीलाई बिहीबार दिउसो बसेको मन्त्रिपरिषदको बैठकले बर्खास्ती गरेको थियो ।

तर, उनले आफु साँझ ५ बजेसम्म नियमित काममा रहेको र त्यसबेलासम्म बर्खास्तीको कुनैपनि पत्राचार नआएको जानकारी दिए ।
‘साँझ पाँच बजेसम्म म कार्यालयको काममा सदा झै व्यस्त भएँ । सो समयसम्म पत्र आएको जानकारी मलाई छैन,’ ज्ञवालीले भने ।

सरकारले बर्खास्ती गरेको पत्र थमाउने वित्तिकै ज्ञवाली अदालत जान तयार भएर बसेको उनका निकटस्थहरु बताउँछन् ।

सम्बन्धित समाचार

बर्खास्त भएका पुनर्निर्माण प्राधिकरणका सीइओ ज्ञवाली सरकारको निर्णयविरुद्ध अदालत जाने 

पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवाली बर्खास्त

यस्तो छ पुनर्निर्माण प्राधिकरणका सीइओ ज्ञावालीको प्रष्टीकरण 


पुष्प दुलाल