बर्खास्त भएका पुनर्निर्माण प्राधिकरणका सीइओ ज्ञवाली सरकारको निर्णयविरुद्ध अदालत जाने



काठमाडौं । सरकारले पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसील ज्ञवालीलाई बर्खास्त गरेपछि त्यसको विरोधमा उनी सर्वोच्च अदालत जाने तयारीमा छन् ।

सरकारले गतसाता ज्ञवालीलाई हटाउनको लागि स्पष्टीकरण सोधेपछि उनले कानून व्यवसायीसँग छलफल समेत गरेका थिए ।

‘सरकारको हटाएको पत्र पाएपछि त्यसको विरोधमा अदालत जाने हो । अदालत जानुको विकल्पपनि छैन,’ ज्ञवाली निकट स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

कांग्रेसको सहयोगमा माओवादी अध्यक्ष पुस्पकमल दाहाल‘प्रचन्ड’ प्रधानमन्त्री बन्ने समयदेखि कांग्रेसले ज्ञवालीलाई हटाउनुपर्ने माग राखेको थियो ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा नगर विकास कोषका ज्ञवालीलाई पाँच वर्षे कार्यकालको लागि सिइओमा नियुक्त गरेको थियो ।


पुष्प दुलाल