पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवाली बर्खास्त



काठमाडौं ।  सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।

बिहीबार बसको मन्त्रीपरिषदको बैठकले सीइओ ज्ञावालीलाई बर्खास्त गरेको हो ।

ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले केहीदिन अघि स्पष्टीकरण सोधेको थियो । उनले प्रष्टीकरण सोध्नुको कुनै आकार नभएको भन्दै बुधबार मात्रै प्रष्टीकरण बुझाएका थिए ।

ज्ञवालीले बुझाएको प्रष्टीकरण चित्तबुझ्दो भनएको भन्दै सरकारले उनलाई पदबाट बर्खास्त गरेको हो ।

ज्ञवालीलाई एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले प्राधिकरणको सीइओ नियुक्त गरेको थियो । माओबादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले उनलाईब र्खास्त गरेको हो ।

यो पनि पढ्नुहोस्- यस्तो छ पुनर्निर्माण प्राधिकरणका सीइओ ज्ञावालीको प्रष्टीकरण 


पुष्प दुलाल