उर्जामन्त्रीको निर्देशनमा हावाबाट बिजुली निकाल्ने कम्पनीलाई ‘लाइसेन्स’ दिइँदै



फाइल फाेटाे

काठमाडौं । सरकारले हावाबाट बिजुली निकाल्ने कम्पनीलाई लाइसेन्स दिने भएको छ । उर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा विद्युत विकास विभागले हावाबाट विजुली निकाल्ने कम्पनीलाई अनुमति दिन लागेको हो ।

आगामी केही दिनभित्रै हावाबाट बिजुली निकाल्नका कुनै एक कम्पनीले लाइसन्स पाउने विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहले जानकारी दिए ।

‘आवेदन दिएका कम्पनीहरुसँग हामीले आवश्यक कागजात मागेका छौं, उहाँहरुले कागजात पनि ल्याउनु भएको छ, केही दिनभित्रै सर्भेक्षण लाइसन्स दिइने छ,’ महानिर्देशक सिंहले क्लिकमाण्डूसँग भने ।

हावाबाट विजुली निकाल्न भन्दै केही कम्पनीले लामो समयलदेखि विभागमा आवेदन विभागमा थन्किएर बसेका थिए । विभागले आवश्यक कागजात नआइसकेको भन्दै अनुमति दिएको थिएन ।

उर्जामन्त्री शर्माले नपुगेका कागजात मगाएर तत्कालै लाइसन्स दिने प्रक्रिया अघि बढाउन दिर्नेशन दिएका थिए । मन्त्रीको निर्देशन पछि हावाबाट बिजुली निकाल्न कम्पालीलाई लाइसन्स दिन विभाग तातेको हो ।

नेपाल इन्टरेनेशनल रिन्यूअल पावर कम्पनीले मुस्ताङको कागबेनीमा आवाबाट ५ मेगावाट बिजुली निकाल्ने भन्दै ०६५ सालमै आवेदन दिएको थियो ।

त्यसैगरी, बायू उर्जा प्रालिले नबलपरासीमा रामपुर बायू उर्जा आयोजना सञ्चालन गरी ३ मेगाबाट बिजुली निकाल्ने प्रस्ताब ०७२ मै गरेको थियो ।

त्यस्तै, दुई हप्ता अघिमात्रै एभरेष्ट विन्ड इनर्जी प्रालिले मुस्ताङको कागबेृनीबाट १ मेगावाट बिजुली निकाल्ने प्रस्तासहित आवेदन दिएको छ ।

एभरेष्ट बिन्ड इनर्जी प्रालिका प्रवद्र्धकहरु विभागमा लगातार धाइरहेकाले सबैभन्दा पहिला सोही कम्पनीले लाइसन्स पाउने विभागका अधिकारीहरु बताउँछन् ।

उर्जामन्त्री शर्माले मुलुकलाई आवश्यक परे वर्षदिन भित्रै ३ सय मेगावाट बिजुली हावाबाट निकाल्न सकिने सार्वजानिक रुपमै बताइसकेका छन् ।

उर्जाको विविधिकरण गर्न भन्दै मन्त्री शर्माले हावाबाट बिजुली निकाल्ने प्रस्ताब गरेका कम्पनीको इजाजत प्रक्रिया तत्काल अघि बढाउनु भनेर निर्देशन दिएको विभागका अधिकारीहरु बताउँछन् ।

त्यतिमात्रै होइन मन्त्री शर्माले सौर्य उर्जाका उत्पादन गर्ने भन्दै आवेदन दिएका कम्पनीहरुलाई पनि तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले क्लिकमाण्डूलाई जानकारी दिए ।

यो पनि पढ्नुहोस्- उर्जामन्त्रीज्यू, यसकारण सम्भब छैन हावाबाट बिजुली


पुष्प दुलाल