बैंक अफ काठमाण्डू लुम्बिनीले ६२ लाख कित्ता एफपिओ ल्याउने



काठमाडौं । बैंक अफ काठमाण्डु लुम्बिनीले ६२ लाख ८ हजार १ सय ३२ कित्ता अतिरित्त सेयर निस्कासन (एफपिओ) जारी गर्ने भएको छ ।

बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जर भएर बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ करोड थियो । अहिले बैंकको सेयर संरचना ५४.३६ प्रतिशत संस्थापक सेयधनीको र ४५.६४ प्रतिशत स्वामित्व सर्वसाधारणको रहेको छ ।

एफपिओ निष्कासनपछि बैंकमा संस्थापक सेयरधनीको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४९ प्रतिशत पुग्ने छ ।


पुष्प दुलाल