कुमारी बैंकले २१ प्रतिशत बोनस दिने



काठमाडौं । कुमारी बैंकले सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको बैठकले २१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३ अर्ब २६ करोड पुग्ने छ । बैंकले बोनस सेयर वितरण अगाडि कायम भएको पुँजीमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले राष्ट्र बैंकले तोकेको ८ अर्ब पुँजी पुर्याउनका लागि काष्ठमण्डप,महाकाली,काँक्रबिहार र पश्चिमान्चल विकास बैंकलाई गाभ्ने सहमति गरेको छ ।


पुष्प दुलाल