१३ मेगापिक्सेलको सेल्फि क्यामेरा भएकाे इन्फोकस ६८० स्मार्टफाेन



काठमाडौं । अमेरिकन ब्राण्ड इन्फोकसले नेपाली बजारमा नयाँ स्मार्टफोन इन्फोकस एम६८० (InFocus M680) सार्वजनिक गरेको छ । उक्त मोबाइलाई नेपाली बजारमा प्रिज्म इन्टरप्राइजेजले भित्राएको हो ।

५.५ इन्चको फूल एचडी डिस्प्ले रहेको स्मार्टफोनमा १.३ गिगाहर्जको मिडिया टेक अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ ।

उक्त स्मार्टफोनमा २ जीबी र्याम प्रयोग गरिएको छ भने १६ जीबी आन्तरिक स्टोरेज रहेको छ जसलाई ६४ जिबीसम्म माइक्रो एसडी कार्डको प्रयोग गरेर थप्न सकिन्छ ।

उक्त मोबाइलको एक सबल पक्ष यसको क्यामेरा भएको कम्पनीको भनाई छ । फोनमा १३ मेगापिक्सेलको रियर एवम् फ्रन्ट क्यामेरा प्रयोग गरिएको छ ।

नेपालमा नया वर्ष २०१७ देखि फोर जी सेवा सुरु हुने भएको बेला उक्त स्मार्टफोनले फोर जी सिम पनि सपोर्ट गर्ने कम्पनीले जानकारी दिएको छ । एन्ड्रोइड मार्समाल्लो ६.० अपरेटिङ्ग सिस्टममा अपग्रेड गर्न सकिने उक्त फोनमा २६०० एमएचको ब्याट्री प्रयोग गरिएको छ ।

इन्फोकस ६८० मोबाइलको नेपाली बजार मूल्य १९ हजार ९ सय ९० रूपैंया तोकिएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु