नयाँ वर्षको अवसरमा वर्ड लिंकले ल्यायो ग्राहक लक्षित आकर्षक योजना



काठमाडौं । वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ बर्ष २०१७ को अवसरमा इन्टरनेट जडान निःशुल्क र ६ गुणा थप डाटा उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ ।

अफरको समयमा इन्टरनेट जडान गर्ने ग्राहकलाई कम्पनीले निशुल्क राउटर उपलब्ध गराउने जानकारी दिएको छ ।
कम्पनीले टिभी हेर्ने इन्टरनेट प्रोटोकल (आइपी) टिभीमा ३ महिनासम्म निशुल्क र आइपी टिभी जडान गर्न लाग्ने सेटअप बक्स ५० प्रतिशत छुटमा उपलब्ध गराउने जनाएको छ ।

यो योजना वार्षिक इन्टरनेट लिने ग्राहकहरु तथा आइपि टिभी सेवा लिनेहरुले पाउने छन् ।

आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको टिभी हेर्ने नयाँ प्रविधि हो । यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन् ।

यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्छन्


पुष्प दुलाल