ग्लोबल आईएमइ बैंक ११औं वर्षमा



काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १०औं वार्षिकोत्सव मनाएको छ ।

बैंकले वार्षिकोत्सव अवसरमा रक्तदान तथा निशु:ल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

२०६३ पुस १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकको ९१ शाखा, १०३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको संचालनमा रहेको छ । बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदैं आइरहेको छ ।


क्लिकमान्डु