शिओमी एमआई ५ एस ४६ हजार रुपैंयामै प्रि बुकिंग



काठमाडौ । चीनियाँ स्मार्टफोन मेकर कम्पनी शिओमीले नेपाली बजारमा एमआई ५एस जनवरी ७ मा सार्वजनिक गर्ने भएको छ । कम्पनीले हाल एमआई ५ एसको प्रि बुकिंग शुरु गरेको घोषणा पनि गरेको छ ।

शिओमी एमआई ५ एस नेपाली बजारमा यहि जनवरी ३ तारिखदेखि प्रि बुकिंग गर्न सकिने कम्पनीले जानकारी दिएकोछ । जनवरी ६ तारिखसम्म हुने प्रि बुकिंगमा ग्राहकहरुले रु. ४५ हजार ९ सय ९९ रुपैंयामा बुकिंग गर्न सक्नेछन् । प्रि बुकिंगको लागि शिओमी नेपालको आधिकारिक वेबसाइटमा गएर बुकिंग गर्नुपर्ने हुन्छ ।

कम्पनीले यहि जनवरी सात तारिखदेखि भने यसको मूल्य ४९ हजार ९ सय ९९ पुग्ने जानकारी दिएको छ । यो स्मार्टफोन एमआईका शोरुमहरु लबिम मल तथा न्यूरोडसहित अन्य रिटेलहरुमा उपलब्ध रहेको बताएको छ ।

शिओमी एमआई ५ एस नेपाली बजारमा ३ जीबी र्याम तथा ६४ जीबी आन्तरिक स्टोरेजसहित गोल्ड कलर भर्सनमा उपलब्ध हुनेछ । यसमा अतिरिक्त स्टोरेज थप गर्न मिल्दैन् ।


क्लिकमान्डु