एचटिसीकाे कन्टेस्टमा हरेक साता एचटिसी डिजायर फोन पाइने



काठमाडौं । एचटिसी मोबाइल फोनहरुको आधिकारिक बितरक जेननेक्स्टले “एचटिसी बाई जेननेक्स्ट कन्टेस्ट” जेननेक्स्टको फेसबुक पेजमा घोषणा गरेको छ ।

उक्त कन्टेस्टमा हरेक साता भाग्यशाली बिजेताहरुले एचटिसी डिजायर फोनहरु जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यसबाहेक हरेक एचटिसी खरिदकर्ताले सिने डे सेफको दुईवटा मुभी टिकेटहरु प्राप्त गर्नेछन् ।

कन्टेस्टमा सहभागी हुनका लागि, न्यूरोड मोबाइल महोत्सवमा राखिएको एचटिसीको लोगो भएको बोर्डको अगाडि बसेर सेल्फी खिच्नुपर्नेछ र उक्त फोटोलाई जेननेक्स्टको फेसबुकमा म्यासेजमार्फत पठाउनुपर्नेछ । त्यसपछि ती तस्विरहरु कन्टेस्ट पेजको एल्बममा राखिनेछन् ।

यो कन्टेस्ट अभियानको अन्तिममा सबैभन्दा धेरै लाइक पाउने फोटोले एचटिसी डिजायर ६२६ प्लस मोबाइल जित्न सक्नेछ । यो कन्टेस्ट जनवरी २ तारिख २०१७ अर्थात पुस १८ गतेसम्म संचालन हुनेछ । सहभागी प्रतिस्पर्धिहरुले जनवरी ३ तारिख अर्थात पुस १९ गतेसम्म आफ्नो फोटोमा लाइक बढाउन सक्नेछन् ।

यो कन्टेस्टको बिजेताको घोषणा जनवरी ३ तारिखमा गरिनेछ । यदि सहभागीहरुमध्ये बराबर लाइक प्राप्त गरेमा भाग्यशाली गोलाप्रथाद्धारा बिजेताको छनौट गरिने कम्पनीले जनाएको छ ।

यसैगरी जेननेक्स्टको आधिकारिक उत्पादनहरुको प्रबद्र्धन गर्न “बाई जेन्यून वेबसाइट चेक आईएमईआई” कन्टेस्ट पोस्ट गर्ने मोबाइल महोत्सवको अफरमा घोषणा गरेको छ । कन्टेस्ट यहि जनवरी २ तारिख अर्थात पुस १८ गतेदेखि जनवरी ३० तारिख २०१७ अर्थात माघ १७ गतेसम्म आयोजना हुनेछ । जनवरीसम्म हरेक साता एक जना बिजेतालई एचटिसी फोन दिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो कन्टेस्टमा सहभागी हुनका लागि, प्रत्येकले नेपालमा आधिकारिक रिटेलरहरुबाट खरिद गरेको आफ्नो एचटिसी फोनको आईएमईआई नम्बर जेननेक्स्टको www.gnextcom.com/check-service-tag-imei वेबसाइटमा दर्ता गर्नुपर्ने बताईएको छ ।


क्लिकमान्डु