के हो फोरजी ? आइफोनमा नचल्ने



काठमाडौं । नेपालमा पहिलो पटक आजदेखि फोरजी सेवा सञ्चालन हुँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्राविधिक परिक्षणका लागि काठमाडौं उपत्यका र पोखराको मुख्य शहरी इलाकामा फोरजी सेवा सुरु गरेको हो ।

फोरजी चौथो पुस्ताको अर्थात् हालसम्मको सबैभन्दा नयाँ प्रविधि हो । यसअघि नेपाली उपभोक्ताले टूजी र थ्रीजी मात्रै चलाएका थिए ।

फोरजीमा अहिलेसम्म हामीले चलाइरहेको सेवाभन्दा सबैभन्दा द्रुत गतिमा इन्टरनेट चल्छ । फोरीको १०० एमबीपीएसको गति थ्रीजीको भन्दा ५० गुणा बढी हुन्छ ।

फोजीबाट उपभोक्तालाई उच्च गुणस्तरको भिडियो र अडियो सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

फोरजी सेवा सञ्चालन गरिरहेका देशहरुको मोवाइल शुल्क थ्रीजी भन्दा निकै बढि हुन्छ । फोरजीमा इन्टरनेटको गति र गुणस्तर राम्रो हुने भएकाले पैसा पनि धेरै लाग्छ ।

अहिले नै नेपाली उपभोक्ताहरुले थ्रीजी चलाउाँदा नै पैसा बढी काटेको गुनासो गर्दै आएका छन् ।

नेपाल टेलिकमले नै भनिसकेको छ कि फोरजी सेवा सबै मोवाइल सेटहरुमा सञ्चालन हुँदैन । त्यतिमात्र होइन, एप्पलको आइफोनमा पनि सञ्चालन नहुने टेलिकमले जनाएको छ ।  एप्पलले टेलिकमको नेटवर्कका लागि लोकेसन इनेबल’ नगरिदिएकाले यस्तो भएको हो।


पुष्प दुलाल