साताको सेयर बजारः सूचक ५६ अंकले घटे पनि कारोबार रकम ९२ करोडले बढ्यो



काठमाडौं । यो साता नेपाली सेयर बजारमा सूचक घटेपनि कारोबार रकम भने बढेको छ । नेपाल स्टक एकसचेञ्ज (नेप्से) का अनुसार यो सता १ सय ५६ कम्पनीका ३६ लाख ३२ हजार २ सय कित्ता सेयर २ अर्ब ८५ करोड १४ लाख रुपैयाँमा किनबेच भएका छन् ।

गत साता १ सय ५६ कम्पनीका ३१ लाख २६ हजार कित्ता सेयर १ अर्ब ९३ करोड ४७ लाख रुपैयाँमा किनबेच भएका थिए ।

साताको पहिलो दिनको तुलनामा ५५.९४ अंकले घटेर अन्तिम दिन नेप्से सूचक १४७५.४१ अंकमा झरेको छ । साताभरमा वाणिज्य बैंक समूहको सूचक ६२.२६ अंकले घटेको भने विकास बैंकको सूचक २५.८७ अंकले घटेको छ ।

त्यसैगरी, फाइनान्स कम्पनीको २२.६९ अंकले, होटल समूहको ५७९५ अंकले, जलविद्युत समूहको १०३.८२ अंकले घटेको छ । बीमा समूहको ४०३ अंकले, उत्पादनमूलक समूहको ८२.२३ अंकले र अन्य समूहको सूचक १०.९९ अंकले घटेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा यो साता एभरेष्ट बैंक सबैभन्दा अग्र स्थानमा छ । साताभरमा एभरेष्ट बैंकको ६६ करोड ७१ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा एभरेष्ट बैंक नै अग्र स्थानमा छ ।

साताभरमा बैंकका २ लाख १९ हजार कित्ता सेयर किनबेच भए । यो सता नेप्सेमा एभरेष्ट बैंकको ४ लाख कित्ता अग्राधिकार सेयर सूचिकृत भए ।


पुष्प दुलाल