सीएसआर र कर्मचारी तालिमको कार्यक्रम पेश गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) र कर्मचारी तालिमको कार्यक्रम पेश गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले आफ्नो नाफाको १ प्रतिशत रकम सीएसआरमा र कुल कर्मचारी खर्चको ३ प्रतिशत रकम कर्मचारी तालिममा अनिवार्य खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाले मनोमानी ढंगले सीएसआरमा खर्च गर्ने र कर्मचारी तालिममा ध्यान नदिएपछि केन्द्रीय बैंकले यसलाई व्यवस्थित गर्न लागेको हो ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले खर्चको विवरण र कार्यक्रमको योजना पेश गर्नुपर्छ ।

राष्ट्र बैंकको निर्देशन हेर्न यहाँ क्लिक गर्नुहोस्


पुष्प दुलाल