नेप्सेमा ग्रिन सिग्नल, सूचक ३० अंकले बढ्यो



काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार पूँजी बजार मापक नेप्से परिसुचक ३० दशमलब २३ अंकले बढेको छ । कारोबार रकममा पनि उल्लेख्य वृद्धि भई ४३ करोड बाट आज ५६ करोड रुपैंया पुगेको छ ।

बिहिबार नेप्से परिसुचक ३० दशमलब २३ अंकले बढेर १ हजार ४ सय ४३ दशमलब ३८ बिन्दुमा आइपुगेको छ ।

नेप्सेका अनुसार बिहिबार १ सय २६ कम्पनीका १० लाख ५६ हजार ५ सय ९ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

आज बैंक, विकास बैंक, उत्पादनमुलक, होटेल, हाइड्रो, वित्त बीमा र अन्य उपसूचक बढेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सले एफपिओ निष्काशनको अनुमति पाएसँगै १० प्रतिशतले बढेको छ भने कारोबार पनि सबैभन्दा धेरै ५ करोड ७६ लाख ६ हजार ५ सय ८२ रुपैयाँ बराबरको भएको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ६ दशलमब ७ अंकले बढेको छ ।


क्लिकमान्डु