४२ वर्षे आचार्य आरबीआईको नयाँ डेपुटी गभर्नर



नयाँ दिल्ली । रिजर्ब बैंक अफ इन्डिया(आरबीआई)को नयाँ डेपुटी गभर्नरमा न्युयोर्क विश्वविद्यालयका प्राध्यापक विरल आचार्य नियुक्त भएका छन् । ४२ वर्षे आचार्य स्टन विजनेश स्कूलमा २००९ देखि अध्यापन गर्दै आएका छन् । यसअघि उनले लन्डन स्कूल अफ इकोनोमिक्समा अर्थशास्त्र पढाएका थिए ।

अर्थशास्त्रको दुनियामा आउनुभन्दा अगाडि आचार्य भारतीय प्रौद्योगिक संस्थान(आईआईटी) मुम्बईबाट स्नातक गरेका थिए । त्यसपछि उनले न्यूयोर्क विश्वविद्यालयबाट फाइनान्समा विद्यावारिधी गरेका थिए ।

आचार्य युरोपियन सिस्टम रिक्स बोर्डमा वैज्ञानिक परार्श समितिमा काम गरि सकेका छन् । उनले भारतीय धितोपत्र बोर्ड र मुम्बई स्टक एक्सचेन्जमा पनि सदस्यको रुपमा काम गरेका छन् ।

उर्जित पटेल आरबीआईको गभर्नर पदमा नियुक्त भएपछि डेपुटी गभर्नर पद खाली थियो । आरबीआईमा चारवटा डेपुटी गभर्नरको पद हुन्छ । जसमा दुई पद आन्तरिक बढुवाबाट नियुक्त गरिन्छ भने दुई पद अर्थशास्त्री र बैंकरबाट नियुक्त गर्ने गरिन्छ ।

बिबिसी हिन्दीबाट


पुष्प दुलाल