भारतमा पुराना नोट बोक्नेलाई कारवाही हुने



नयाँ दिल्ली । भारत सरकारले पुराना नोट बोक्नेलाई कारवाही गर्ने भएको छ । मन्त्रीपरिषद्ले पारित गरेको अध्यादेशले प्रतिबन्ध लागेका ५०० र १००० दरका १० भन्दा बढी नोट बोकेमा सजाय हुने व्यवस्था गरेको छ ।

भारतीय सन्चारमाध्यमका अनुसार अध्यादेश अनुसार १० भन्दा बढी नोट लिनेलाई आर्थिक जरिमाना सहित चार वर्षको जेल सजाय हुन सक्ने छ ।

मार्च ३१ सम्मको लागि पुरानो नोट साट्नको लागि भारतीय केन्द्रीय बैंक रिजर्ब बैंक अफ इन्डिया(आरबीआई)का केही शाखा खुल्ने बताइएको छ । भारत सरकारले ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाएको ५० दिन पुरा भएको छ ।


पुष्प दुलाल