क्यानका डिजी भन्छन्,- निजगढ बिमानस्थल हामी आफैं बनाउन सक्छौं



काठमाडौं । नेपाल उड्यान प्राधिकरण(क्यान) का महानिर्देशक सञ्जिव गौतमले निजगढ अन्तराष्ट्रिय बिमानस्थल नेपाल आफैंले बनाउन सक्ने बताएका छन् ।

सरकारले प्राधिकरणलाई बिमानस्थल निमार्णको जिम्मा दिएमा प्राधिकरणले विमानस्थल निर्माण गर्ने उनले बताए ।

‘सरकारले फेरि सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएमा प्राधिकरण काम गर्न तयार छ, त्यसका लागि केहि समय लाग्न सक्छ’ बुधबार क्यानमा आयोजित पत्रकार सम्मेलनमा गौतमले भने ।

सरकार र ल्याडमार्कबीच भएको सम्झैताअनुसार बुट प्रणालीमा विमानस्थन निर्माण गरिए ल्याडमार्कलाई पहिलो प्रथमिक्ता दिनुपर्ने उलेख छ ।

कोरियन कम्पनी ल्याडमार्कले गरेको संभाव्यता अध्ययन प्रतिवेदन सरकारसँग रहेको र त्यो रिर्पोट प्राधिकरणलाई उपलब्ध गराएमा काम गर्न सजिलो हुने उनको भनाई छ ।

‘यो बिमानस्थल हामी आफैं बनाउन सक्छौं,’ उनले भने ।

निजगढ विमानस्थल आफैंले निर्माण गर्ने भन्दै सरकारले चालू आर्थिक वर्षको बजेटमा जग्गा मुअब्जा वितरणका लागि १ अर्ब ५० करोड रुपैयाँ बजेटसमेत विनियोजन गरिसकेको छ ।

नेपालको एकमात्र विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले हवाई यात्रूको चाप धान्न नसक्ने भएकाले निजगढ विमानस्थल निर्माणको सभ्भाव्यता अध्ययनका लागि ०६६ सालमा कोरियन कम्पनी ल्याडमार्कलाई दिएको थियो ।

ल्याडमार्कले ०६८ सालमै सरकारलाई विमानस्थलको संभाव्यता अध्ययन प्रतिवेदन बुझाइसकेको छ । ल्याण्डमार्कले बुझाएको प्रतिवेदनमा बिमानस्थल निर्माण गर्न ७ खर्ब रुपैयाँ लाग्ने उल्लेख छ ।

सो रकम महंगो भएको भन्दै यसअघिका पर्यटनमन्त्री आनन्द पोखरेलले तामाकोशी मोडेलमा नेपालीकै पैसामा बिमानस्थल निर्माण गर्ने निर्णय गराई जग्गा मुअब्जाका लागि बजेटसमेत छुट्याएका थिए ।

मन्त्री पोखरेलले स्वदेशीले २ खर्बमै बिमानस्थल बनाउन सक्ने दाबीसमेत गरेका थिए । मन्त्रीले त्यस्तो निर्णय गरेपछि क्यान आफैंले बनाउनका लागि योजना बनाएको हो ।

व्यवस्थापिका संसदको अर्थ समिति र विकास समितिले ल्याडमार्कको सो रिपोर्ट सरकारलाई लिन निर्देशन दिइसकेको छ ।

सरकार र ल्याडमार्कबीच भएको सम्झैताअनुसार बुट प्रणालीमा विमानस्थन निर्माण गरिए ल्याडमार्कलाई पहिलो प्रथमिक्ता दिनुपर्ने उलेख छ ।

अर्को कम्पनीले विमानस्थल निर्माणको जिम्मा लिएमा कम्पनीले ३५ मिलियन डलर तिर्नुपर्ने र कम्पनीले नतिरे सरकारले तिर्नुपर्ने महानिर्देशक गौतमले बताए ।


पुष्प दुलाल