सेयर बजारका बादशाह वारेन बफेट बारे केहि रोचक तथ्य



काठमाडौं । वारेन बफेट २१औं शताब्दीका सेयर बजारका महान् लगानीकर्ता हुन् । विश्वविख्यात म्यागेजिन फोब्र्सअनुसार बफेटसँग हाल ६२.१ अर्ब डलर सम्पत्ति छ ।
उनी सेयर बजारका विश्वकै सफल र धनी मानिस मानिन्छन् । बफेटले कसरी र कुन दर्शनका आधारमा लगानी गरे भन्ने कुरा बुझ्न उनीबारे तलका केहि रोचक तथ्यले निश्चय पनि मद्दत पुर्याउने छ ।

१. बफेटले सन् १९४१ मा पहिलोपटक सेयर खरिद गरेका थिए । उनले ३८ डलरमा उक्त सेयर किनेका थिए जुन ३० प्रतिशत सम्म घट्यो । पछि सो सेयर उनले ४० डलरमा बेचे । तर, उनले बेचेको उक्त सेयर केहि महिनामा नै २०० डलर सम्म पुग्यो ।

२. बफेटको कुल सम्पत्ति लेबनान र आइसल्यान्डको समग्र जीडीपी भन्दा बढि छ ।

३. सन् २०१३ मा बफेटको प्रतिदिन आम्दानी ३ करोड ७ लाख डलरभन्दा बढि थियो ।

४. बफेटले आफ्नो ९९ प्रतिशत सम्पत्ति आफ्नो ५०औं जन्मदिन मनाए पश्चात् कमाएका हुन् । उनी ५२ बर्षको हुँदा उनीसँग मात्र ३ करोड ७६ लाख डलर बराबरको सम्पत्ति थियो।

५. बफेटले हालसम्म २५.५ अर्ब डलर दान गरिसकेका छन् ।

६. एक चिनियाँ कम्पनीका अध्यक्षले उनीसँग लन्च खानका लागि मात्र २३.५ लाख डलर खर्च गरेका थिए ।

७. बफेटले उनको कम्पनी बर्कसाएर हाथवेको बहुमत सेयर खरिद गरेको सालदेखि उक्त कम्पनीमा १,००० डलर लगानी गरेका लगानीकर्ताको कुल सम्पत्ति अहिले १ करोड ५ लाख डलर बराबरको भएको छ ।


पुष्प दुलाल