पुँजी बृद्धिले घटायो विकास बैंक र फाइनान्स कम्पनीको संख्या




काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको पुँजी वृद्धिको निर्णयले विकास बैंक र फाइनान्स कम्पनीको संख्या घटाएको छ । राष्ट्र बैंकका अनुसार अहिले २८ वटा वाणिज्य बैंक, ६४ वटा विकास बैंक र ३९ ओटा फाइनान्स कम्पनी सञ्चालमा रहेका छन् ।

त्यसैगरी, लघुवित्त कम्पनीको संख्या ४४ छ । ०७२ असार मसान्तमा ३० ओटा वाणिज्य बैंक, ७६ ओटा विकास बैंक र ४८ ओटा फाइनान्स कम्पनी थिए ।

पुँजी बृद्धिको तथा तथा केन्द्रीय बैंकले गरेको मर्जर तथा एक्विजेशनको प्रोत्साहन नीतिको कारण विकास बैंक र फाइनान्स कम्पनीको संख्या घटेको हो ।

राष्ट्र बैंकले २०७२ सालको मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउने नीति लिएपछि विकास बैंक र फाइनान्स कम्पनीहरुको संख्या घटेको हो ।

पुँजी बृद्धिको तथा तथा केन्द्रीय बैंकले गरेको मर्जर तथा एक्विजेशनको प्रोत्साहन नीतिको कारण विकास बैंक र फाइनान्स कम्पनीको संख्या घटेको हो ।

विकास बैंक र फाइनान्स कम्पनीको तुलनामा वाणिज्य बैंकको संख्या भने घटेको छैन । कुनै समय ३२ ओटा वाणिज्य बैंक रहेकोमा अहिले त्यो संख्या २८ मा झरेको छ । बैंकहरुको पुँजीबृद्धिको योजना हेर्दा २८ बाट वाणिज्य बैंकको संख्या घट्ने सम्भावना देखिएको छैन । तर, सञ्चालनमा रहेका विकास बैंक र फाइनान्स कम्पनी भने अझै घट्ने देखिन्छ ।

विकास बैंक एशोसियनका अध्यक्ष कृष्णराज लामिछाने पुँजी बृद्धिको कारण विकास बैंक र फाइनान्स कम्पनीको संख्या घटेको बताए ।

‘अहिलेको अवस्था हेर्दा ३० ओटा हाराहारीमा विकास बैंक रहने देखिन्छ,’ लामिछानेले क्लिमाण्डूसँग भने । यस्तै फाइनान्स कम्पनीहरु १० देखि १५ को संख्यामा रहने देखिन्छ ।


पुष्प दुलाल