टाङ्ग लियाङ्ग ची चन्द्रागिरि पुगेर भने, यस्तै अरु आयोजना निर्माणगर्न सके नेपालले चाँडै आर्थिक समृद्धि हाँसिल गर्छ




काठमाडौं । चिनियाँ कम्यूनिष्ट पार्टी ‘ चेन्दु’ का सचिव टाङ्ग लियाङ्ग चीले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् ।

चीको नेतृत्वमा आएको चिनियाँ टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गरेका हुन् ।

उक्त टोलीमा चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेसका अध्यक्ष बाई माचिलिन र सिनो हाइड्रोका वरिष्ठ इन्जिनियर फाग जुन लगायत दूई दर्जन चिनियाँ विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

टोलीलाई अध्यक्ष ढकालले चन्द्रागिरिमा निर्माण भएको पुर्वाधारहरुको वारेमा जानकारी दिँदै ‘चीन नेपालको नजिकको छिमेकी मित्र राष्ट्रभएको र पछिल्लो समयमा चीनले हाँसिल गरेको आर्थिक समृद्वि र त्यसबाट सिर्जित अवसरहरुको सदुपयोग नेपालको निजी क्षेत्रलेगर्न सक्ने विश्वास व्यक्त गरे ।’

चीले ‘ चन्द्रागिरिमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्यबाट आफु अत्यन्तै प्रभावित भएको र यस्तै अन्य परियोजनाहरुको निर्माण हुने हो भने नेपालको आर्थिक विकासले छोटै समयमा तीब्रता पाउने बताए ।’

काठमाडौंको दक्षिण – पश्चिममा अवस्थित चन्द्रागिरि डाँडा धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने एवं बाह्य पर्यटकहरुको नेपाल बसाईलाई लम्ब्याउने उद्देश्यले यस डाँडामा चन्द्रागिरि हिल्स लिमिटेड स्थापना भएको हो ।

चन्द्रागिरि केबलकारको प्रधानमन्त्री पुष्पकमल दाहालले मंसिर ३० गते उद्घाटन गरेका थिए । अष्ट्रियन कम्पनी डोप्लमेयरको प्रविधि जडित चन्द्रागिरि केबलकारले प्रतिघण्टा एक हजार जनासम्म यात्रु बोक्ने क्षमता राख्दछन् । केबलकार संचालनमा आएदेखि २०७३ मंसिर मसान्तसम्म २ लाख २५ हजार जनाले केबरकारको यात्रा गरेर भालेश्वर माहादेवको दर्शन गरेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु