९१ यात्रुसहित रसियन सैनिक बिमान सम्पर्क बिहिन



काठमाडौं । रसियन सैनिक विमान ‘टियू-१५४’ ९१ यात्रु सहित ‘ब्ल्याकसी’ बाट सम्पर्क बिहिन भएको सूचना आएको छ ।

रसियन रक्षा मन्त्रालयकाअनुसार विमान सिरियाको लटाकिया प्रान्तका लागि उडेको थियो ।

समाचार सेवा इन्टरफेक्सको रिपोर्टअनुसार विमान स्थानीय समय बिहान ५:२० मिनेट उडेको विमान २० मिनेटपछि सम्पर्क बिहिन भएको थियो ।

रिपोर्टकाअनुसार विमानमा सैनिक म्यूजिकल बाण्ड र केहि पत्रकार रहेका थिए । सरकारी टिभी रसिया २४ को अनुसार सम्भावित स्थानमा खोजी भइरहेको छ ।


पुष्प दुलाल