स्व.पत्रकारद्वय न्यौपाने र बोहरालाई प्रेस काउन्सिल-सानिमा पत्रकारिता पुरस्कार



काठमाडौं । प्रेस काउन्सिल नेपाल र सानिमा बैंक लिमिटेडको सहकार्यमा स्थापित प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार -२०७३ पत्रकार स्व.सञ्जय न्यौपाने (काठमाडौं) र स्व.कर्ण बोहरा (कञ्चनपुर) लाई मरणोपरान्त संयुक्त रुपमा प्रदान गरिएको छ । सानिमा बैंकद्वारा प्रायोजित प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कारको राशी ५ लाख रुपैयाँ रहेको छ ।

पुरस्कार गत मंगलबार, राष्ट्रपति भवन, शीतलनिवासमा आयोजीत एक समारोहमा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की र प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्की तथा बैंकका ब्य्रान्ड प्रवद्र्धक द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा सानिमा बैंकका अध्यक्ष बिनय श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको उपस्थितिमा राष्ट्रपति वद्यादेवी भण्डारीबाट प्रदान गरिएको थियो ।


पुष्प दुलाल