दैनिक १ अर्ब ऋण दिँदै बैंकहरु



काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप पछिल्लो १ सातामा ११ अर्बले रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार २८ वाणिज्य बैंकसँग गत शुक्रबारसम्ममा निक्षेप बिदेशी मुद्रासहित १८ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।

स्वदेशी मुद्रामा भने निक्षेप १७ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जा विस्तार १५ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुको पुँजी नजोड्दा पछिल्लो साताको निक्षेप र कर्जा अनुसार कर्जा निक्षेप अनुपात ८१ प्रतिशत रहेको छ ।

बैंकरहरुका अनुसार बैंकहरुमा लगानी योग्य पुँजी(तरलता)को अवस्थामा अझै सुधार आउने संकेत देखिएको छैन । पुस मसान्तमा कर तिर्नेुपर्ने हुँदा सरकारी कोषमा पैसा जम्मा हुने र विकास खर्च नबढेको हुँदा तरलता अभाव अझै रहने देखिएको हो ।


पुष्प दुलाल