कुलमानले गरे, भारतसँग थप ८० मेगावाट विजुली किन्ने सम्झौता



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट थप ८० मेगावाट विजुली किन्ने सम्झौता गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको दिल्ली पुगेर यस्तो सम्झौता गरेका हुन् ।

भारतको एनभीभीएन विद्युत विकास निगमका कार्यकारी प्रमुख अरुणकुमार गर्ग र घिसिङबीच भएको सम्झौताअनुसार नेपालले आगामी जनवरी देखि ढल्केबर–मुजफ्फरपुर हुँदै कुल १६० मेगावाट विजुली खरिद गर्नेछ ।

काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गरी लोकप्रियता कमाएका घिसिङले आगामी दिनमा पनि लोडसेडिङ हुन नदिन थप विद्युत खरिद गर्ने सम्झौता गरिएको जानकारी दिए ।


पुष्प दुलाल