सुख्खा बन्दरगाह बनाउन यसरी भत्काईंदैछ चोभारको हिमाल सिमेन्ट (फोटो फिचर)



काठमाडौं । सुख्खा बन्दरगाह बनाउनका लागि चोभारस्थित हिमाल सिमेन्टक भौतिक संरचनाहरु भत्काउन सुरु गरिएकोछ ।

विश्व बैंकको डेढ अर्ब रुपैयाँको सहयोगमा वाणिज्य मन्त्रालयले सवा ८ सय रोपनी जग्गामा सुख्खा बन्दरगाह र प्रदर्शनीस्थल निर्माण गर्न लागेको हो ।

वााणिज्य मन्त्रालय अन्तगर्तको नेपाल इन्टर मोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बेर्डको दबाबमा ठेकेदार सुगम आदित्य निर्माण सेवाले हिमाल सिमेन्टका भौतिक संरचनाहरु भत्काउन सुरु गरेको हो ।

०७१ मंसिर ४ गतेको मन्त्री परिषदले सुख्खा बन्दरगाह बनाउनका लागि हिमाल सिमेन्टको जग्गा आपूर्ति मन्त्रालयलाई किन्न दिने सहमति दिएको थियो ।

एनआइडीसीबाट लिएको ऋण तिर्न नसकेर देशकै सबैभन्दा पुरानो सिमेन्ट उद्योग हिमाल सिमेन्ट बन्द भएको थियो । सो उद्योगले एनआइडीसीलाई तिर्न बाँकी रहेको करिब ३० करोड रुपैयाँ ऋण तिरेर आफुहरुले किनेको इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेनट बोर्डका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले क्लिकमाण्डूलाई बताए ।

विश्व बैंकसँग भएको सम्झौताअनुसार सन् २०१९ सम्ममा यो सुख्खा बन्दरगाह निर्माण सम्पन्न भइसक्नुपर्ने भएपनि काम ढिला सुरु भएकाले केही समय थप हुने उनले बताए ।

आगामी ३ महिनाभित्र कन्सल्ट्यान्टले प्रतिवेदन बुझाएपछि मात्रै कस्तो बनाउने ? कति रकम खर्च गर्ने लगायतको टुंगो लाग्नेछ ।
‘कोलकोत्तामा सिलबन्दी गरेर ल्याइएका कन्टेनरहरु चोभार सुख्खा बन्दरगाहमा ल्याएर जाँचपास गरिन्छ र यहाँ सिलबन्दी गरेर विदेश पठाइन्छ,’ बस्नेतले भने ।


पुष्प दुलाल