एनबीआई र सीआइबीबीच वित्तीय अपराधको क्षेत्रमा काम गर्ने सम्झौता



काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबिआई) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बीच वित्तीय अपराधनको अनुसन्धानको क्षेत्रमा काम गर्न सम्झौता भएको छ ।

सम्झौताले वित्तीय क्षेत्रमा हुने अपराधहरु रोक्नु र भएका अपराधहरुको अनुसन्धान गर्न अनुसन्धान अधिकारीहरुलाई सक्षम र सबल बनाउन सहयोग पुग्ने छ ।

संयुक्त रुपमा लाभदायक रणनीतिक साझेदारी अन्र्तगत सीआईबीले छनौट गरेर पठाइएका अनुसन्धानमा संलग्न हुने कर्मचारीहरु तथा अधिकारीहरुलाई अन्तराष्ट्रिय चासोका विषयहरु मध्येको एक सम्पत्ती शुद्धिकरण निवारणका तालिमहरु एनबीआईले उपलब्ध गराउने छ ।

यसको अतिरिक्त बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यहरु लगायत विभिन्न जोखिमयुक्त विधाहरुमा ज्ञान हासिल गर्नका साथै उक्त विषयहरुमा दक्षता प्रदान गर्न मद्दत पु¥याउने हेतुले सीआईबीको लागि अन्य तालीम कार्यक्रमहरु पनि सञ्चालन गरिनेछ ।

समझदारी पत्रमा हस्ताक्षर गर्दै एनबीआईका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले देशको शीर्ष बैंकिङ प्रतिष्ठानको रुपमा रहेको संस्थाले बैंक तथा वित्तीय संस्था एवं नियामक निकाय, नीति निर्माता तथा कानून कार्यान्वयन ईकाइहरु लगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षहरुको दक्षता अभिवृद्धि गर्नु रहेको जानकारी गराए ।

कार्यक्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक डिआईजिपी नवराज सिलवालले यस समझदारीले वित्तीय क्षेत्र सम्बद्ध अपराध अनुसन्धानमा सक्रिय अधिकारीहरुलाई अपराधको प्रकृति अध्ययन तथा अनुसन्धान गर्न अवश्यक ज्ञान तथा सीप उपलव्ध गराउन एउटा बाटो हुने धारणा राखे ।


पुष्प दुलाल