समस्यामुक्त जनरल फाइनान्सले बिहीबारदेखि कारोबार थाल्ने



काठमाडौं । गतहप्ता मात्रै राष्ट्र बैंकले राष्ट्र बैंकले समस्याग्रस्त संस्थाको सूचिबाट हटाएको जनरल फाइनान्सले आगामी बिहीबार देखि बैंकिङ कारोबार सुरु गर्ने भएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले उदघाटन  गर्दैछन् ।

समस्याग्रस्त अवस्थामा रहेको सो फाइनान्सलाई कतारका एनआरएनसहितको समूहले किनेर सञ्चालन गरेको हो ।

समस्याग्रस्त वित्तीय संस्थाले नयाँ निक्षेप लिन र कर्जा दिन नपाउने व्यवस्था छ । त्यसैले समस्यामुक्त भएको यो संस्थाले आगामी बिहीबारदेखि नयाँ निक्षेप लिने र कर्जा दिएर कारोवारको सुरुवात गर्ने फाइनान्सका अध्यक्ष पदमराज न्यौपानेले जानकारी दिए ।

जनरल फाइनान्सलाई राष्ट्र बैंकले ०७० समस्याग्रस्त घोषणा गरेको थियो ।

फाइनान्समा नयाँ लगानीकर्ता आएको तथा पुँजीकोष धनात्मक भएपछि केन्द्रीय बैंकले जनरलाई समस्याग्रस्तको सूचिबाट हटाएको हो । यो कम्पनीलाई रेमिटान्स सेवा प्रदायक कम्पनी बेस्ट होल्डिङका प्रवद्धकहरुले किनेका हुन् ।

र, यो पनि पढ्नुहोस्- समस्याग्रस्त संस्था किन्ने नयाँ लगानीकर्ता भन्छन्, ८ अर्ब चुक्ता पुँजी पुर्याउन तयार छौं 


पुष्प दुलाल