ह्वावेको जिआर-५ २०१७ अग्रिम बुकिङ गर्दा पावर बैंक सित्तैमा



काठमाडौं । ह्वावे कन्ज्युमर बिजनेश गु्रप (सिबिजी) बजारमा ल्याउने तयारी गरेको ह्वावे जिआर–५ २०१७, डुअल क्यामरा फोन प्रि–बुकिङमा उपलब्ध हुन ेभएको छ ।

कम्पनीले जिआर५ २०१७ को प्रि–बुकिङ पुस ३ गतेदेखि ७ गतेसम्मका लागि खुल्ला गरेको घोषणा गरेको छ ।

ह्वावे जिआर-५ २०१७को मूल्य २९ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ । यि सेटहरु ग्रे, सिल्भर र गोल्ड रङ्गहरुमा पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले सुरुमा प्रि–बुकिङ गर्नेहरुका लागि ह्वावे ओरिजिनल ३ हजार ३ सय ४० मेगाहर्ज पावर बैंक सित्तैमा दिने घोषणा गरेको छ ।

उपभोक्ताले आफ्नो नजिकको कुनै पनि ह्वावे स्टोरमा गएर ह्वावे जिआर-५ २०१७ प्रि–बुकिङ गर्न सक्नेछन् ।

जिआर५ २०१७ मा के-के छन् विषेशता

-१२ एमबी र २ एमबीको दुईवटा रियर क्यामराहरु
-८ एमबी फ्रन्ट क्यामरा
-इन्टेलिजेन्ट पावर-सेभिङ प्रविधि भएको ३ हजार ३ सय ४० मेगाहर्जको ब्याट्री
-HiSilicon Kirin 655 अक्टाकोर प्रोसेसर
-सेकेण्डमा फाष्ट स्क्रीन अनलक
-५.५ इन्चको हाइ–डेफिनेसन ठूला स्क्रीन
-दृश्यको त्रुटी हटाउनको लागि ब्लु लाईट फिलटर आउट
-३ जीबी ¥याम : ३२ जीबी रोम, १२८ जीबीसम्मको माइक्रोएस्डि कार्ड


पुष्प दुलाल