आइएमएफ प्रमुख लेगार्ड दोषी



फ्रान्सको एउटा अदालतले अन्तराष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टीना लेगार्डलाई लापरवाहीको विषयमा दोषी भएको फैसला गरेको छ । अदालतले लेगार्डलाई दोषी भने कुनैपनि प्रकारको सजाय भने तोकेको छैन ।

आइएमएफमा प्रमुख हुनुभन्दा अघिड लेगार्ड फ्रान्सकी अर्थमन्त्री थिइन् । सन् २००८ मा फ्रान्समा अर्थमन्त्री भइको समयमा एउटा विवादास्पद कम्पनी बैनोर टेपेईलाई ४० करोड ४० लाख मिनाह गर्ने निर्णय लेगार्डले गरेकी थिइन् । उनले यो आरोपको भने खन्डन गरेकी छन् र उनी अदालतले फैसला गर्दा त्यहाँ उपस्थिती पनि थिइनन् ।

‘मैले सधै ठिक ढंगले काम गरेकी छु, पछिल्लो पाँच वर्ष निकै कठिन परीक्षा थियो’ लेगार्डले भनेकी छन् ।

उनलाई सरकारी पदमा रहेर पनि लापरवाही ढंगले काम गरेको आरोप थियो । सिधारुपमा भष्ट्रचारको आरोप नलागेपनि सरकारी कोषको दुरुपयोगको आरोप लेगार्डमाथि लागेको थियो । जसको लागि उनीमाथि एकवर्षको जेल सजायय वा १५ हजार युरोको जरिमाना हुन सक्थ्यो ।

तर,उनी बिनाकुनै सजाय अदालतबाट छुट पाएकी छन् ।


पुष्प दुलाल