तिवारीका हत्यारालाई कारबाहीको माग गर्दै आरआर क्याम्पसमा प्रदर्शन




काठमाडौं । एमालेसम्वद्ध युवा संघ नेपालका रुपन्देही अधछ्य दुर्गा तिवारीका हत्यारालाई कारबाहीको माग गर्दै राजधानीको आरआर क्याम्पसमा प्रदर्शन भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन र अनेरास्ववियू क्याम्पस कमिटिले हत्यारालाई कारवाही गर्न राज्यलाई दाबाब दिने उद्देश्यले प्रदर्शन गरेको स्ववियु सभापति राजकुमार राईले जानकारी दिए ।

‘नागरिकको जिउधनको सुरछ्या गर्नु राज्यको दायित्व हो, दिनदहाडै गोली प्रहार गरिनुले राज्य कति कमजोर छ भन्ने देखाउँछ,’ राईले क्लिकमाण्डूसँग भने, ‘हत्यारालाई तत्काल पक्राउ गरि कानूनी दायरामा नल्याए अनेरास्ववियु अझ कडा आन्दोलनमा उत्रिन्छ ।’

सोमबार दिउसो देवदहको खैरेनी बजारमा तिवारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । गोली लागि घाइते भएका उनको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

तिवारी हत्याकाण्डमा देवदहकै २८ वर्षिय मनोज पुन भनिने मनोज बुढा मगर संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरुबी व्यक्तिगत लेनदेन र रिसइबी रहेको थियो ।


पुष्प दुलाल