स्काइपमा अब भिडियो कल ट्रान्सलेट हुने



काठमाडौं । भिडियो कललाई अहिलेको उचाईमा पु¥याउन स्काइपको ठूलो देन रहेको छ । तर पछिल्लो समय धेरै एप्सहरुले भिडियो कलको सुविधा दिन थालेपछि भिडियो कलका पारखीहरुबाट स्काइप टाढिन पुगेको थियो ।

तर अहिले फेरि स्काइपले भिडियो कल ट्रान्सलेट गर्ने नयाँ फिजर मार्फत फेरि आफ्नो साख फर्काउने सुरमा रहेको छ ।

अपग्रेड भएर आएको स्काइपमा भिडियो कललाई ट्रान्सलेट गर्ने सुविधा रहेको छ । यो सुविधा प्रयोगकर्ताले मोबाइल र ल्याडलाईन दुबैमा कल गर्दा उपयोग गर्न सक्छन् ।

स्काइप ट्रान्सलेटर

.स्काइपलाई लगातार दुईवर्षको कोशिशबाट यो उपलब्धी हात लागेको हो ।
. यस नयाँ फिचरको सहयोगले स्काइप ट्रान्सलेटरले हरेक कुराकानी रेकर्ड गर्छ र आफूलाई आवश्यक भाषामा ट्रान्सलेट गर्न सकिन्छ ।
. यो प्रक्रियामा केहि समय लागे पनि ट्रान्सलेटमा कुनै कठिनाइ हुदैन ।
. हाल यसमा ९ भाषा ट्रान्सलेट गर्न सकिन्छ ।
. यसमा अंग्रेजी, स्पेनिस, फ्रेन्च, जर्मन, चाइनीज, इटालियन, पोर्तुगल, अरबी र रसियन भाषामा उपलब्ध छ ।
कसरी चल्छ ट्रान्सलेटर
. स्काइपमा ट्रान्सलेटरको प्रयोग गर्नका लागि सर्वप्रथम विन्डो इन्साइडर प्रोग्रामा गएर रजिस्टर गर्नुपर्ने हुन्छ ।
. यसका लागि स्काइपको प्रिव्यू मध्य लेटेस्ट भर्जन अपडेट गर्नुपर्ने हुन्छ ।
. नयाँ स्काइप एप्समा ट्रान्सलेटको सुविधा डायल प्याडमा रहेको छ । यसलाई क्लिक गरेपछि भाषाको लिस्ट देखाउँछ र आफुलाई आवश्यक भाषा चयन गर्न सकिन्छ ।
. भाषा चयन पछि सामान्य तरिकाले कल गर्न गर्न सकिन्छ ।
कुराकानीको समयमा हेडसेटको प्रयोग गरेमा कलको क्वालिटि अझ उत्कृष्ट हुनेछ । साथै स्काइप ट्रान्सलेटको प्रयोग जति धेरै हुन्छ, सुधारका लागि त्यति धेरै मौका मिल्ने कम्पनीले बताएको छ । स्काइपमा आईएमओ, फेसबुक म्यासेजर, भाइवर जस्ता एप्सहरु पनि रहेको छ ।


पुष्प दुलाल