सेयर किन्ने महिलालाई कर छुट दिऔं, बजारमा महिलाको स्वामित्व बढाऔं
मुलुकलाई ठूलो पुँजी चाहिएको छ । त्यसका लागि आन्तरिक र बाह्य स्रोतबाट पुँजी जुटाउन सकिन्छ । आन्तरिक स्रोत अन्तर्गत एउटा वित्तीय प्रणालीबाट भने अर्को पुँजी बजारबाट पुँजी जुटाउन सकिन्छ । अहिलेको अवस्थामा महिलालाई पुँजी बजारमा प्रवेश गराउनुपर्छ ।
पुँजी बजारमा जोखिम छ । बैंकमा जस्तो सुरक्षित तरिकाले निश्चित प्रतिशत आम्दानी हुने हुँदैन । त्यो गृहणीलाई पुँजी बजारमा ल्याउनको लागि विभिन्न प्रकारको उपकरण प्रयोगमा ल्याउनुपर्छ । जस्तो सरकारले महिलालाई घरजग्गामा प्रोत्साहन स्वरुप महिलाहरुलाई करमा केही छुट दिएको छ । सेयरमा पुँजीगत लाभकर शुन्य गर्दा पुँजी बजारमा महिला सहभागिता बढ्न जान्छ । दुरदराजका महिलालाई सहभागिता गराउनको लागि स्टक एक्सजेन्स र धितोपत्र बोर्डले पहल गर्नुपर्छ ।
महिलालाई पुँजी बजारमा प्रवेश गराउनका लागि अहिले शतप्रतिशत कर छुट दिनुपर्छ । अर्को ५ देखि १० वर्षसम्म छुट दिनुपर्छ । मैले यस बारेमा अर्थमन्त्रालय र धितोपत्र बोर्डमा पनि यस्तो सुझाव दिएको छु ।
पुँजी बजारमा महिला सहभागिता नबढ्दासम्म अर्को पुस्ता तयार हुँदैन । महिलाले उनीहरुलाई हुर्काउने भएको बच्चाहरुले सिक्न सक्छन् । यसले गर्दा बच्चाहरुमा स्वभाविकरुपमा बिजनेश गर्ने वातावरण सिर्जना हुन्छ । हामीकहाँ दशैंमा आर्शिबाद दिँदा राम्रो जागिर पाएस् भनेर दिइन्छ । तर,तैले व्यापार गरेर यतीजनालाई जागिर दिएस भनेर दिएको पाइँदैन । विस्तारै महिलालाई सेयर बजारमा प्रवेश गरायौं भने ठूलो इन्भष्टमेन्ट देशको लागि चाहिने पुँजी पनि जुटाउन सकिछ ।
जबसम्म महिलालाई सुविधा वित्तीय सहुलियत नदिँदासम्म महिलाहरु आकर्षित हुँदैनन् । बजारमा मिडियाहरुले सेयर बजारको बारेमा व्याख्या गर्ने यसलाई बढी बुझ्ने हिसाबले प्रयोग गर्न सके महिलाहरु बजारमा आकर्षित हुन्छन् । नेपालको जनसंख्याको आधाभन्दा बढी जनसंख्या सहभागिता हुँदा १० लाख महिला सहभागी भएमा बजारको लागि राम्रो विकास हुन्छ ।
कम्पनीको बारेमा बुझेर लगानी गर्ने महिला लगानीकर्ता १ देखि २ प्रतिशत मात्र होलान्, होइन भने अरुले श्रीमानकै आधारमा लगानी गर्नेहरु छन् ।
केही समययता गृहणीको उपस्थिति सेयर बजारमा बढेको छ । सन् २०१२ देखि सेयर बजार बढेन थाल्यो त्यो समयदेखि महिलाको सहभागिता बढेको छ । अहिले डिम्याट एकाउन्ट खोल्नको लागि लाइन देख्न सकिन्छ । त्यसैगरी, आइपिओमा पनि महिला र पुरुषको लाइन बराबर देखिन्यो । पहिला सेयर बजारमा कारोवार गर्ने भनेको पुरुषहरु मात्र थिए ।
अहिले आइपियोमा लगानी गर्ने ५० प्रतिशत महिला पुगेको देखिन्छ । दोस्रो बजारमा १५ देखि २० प्रतिशतको हाराहारीमा महिलाले कारोबार गरेको देखिन्छ । सक्रियरुपमा लाग्ने महिलाको सहभागिता धेरै न्यून छ । तर, यसमा सक्रिय रुपमा कम्पनीको बारेमा बुझेर लगानी गर्ने महिला लगानीकर्ता १ देखि २ प्रतिशत मात्र होलान्, होइन भने अरुले श्रीमानकै आधारमा लगानी गर्नेहरु छन् ।
अध्ययन गरेका महिलाहरुलाई मैले सोधेको छु आइपिओमा किन लगानी गरेको ? भन्दा श्रीमानले भनेर र उहाँले नै सेयर बिक्री गर्नुहुन्छ भन्ने जवाफ पाएको छु । मैले मेरो नाममा खरिद गरे भने कर छुट हुन्छ भने कारोबारपनि बढ्छ । सन् २००२ मा वर्षभरीमा १/२ अर्ब रुपैयाँ कारोवार हुने गरेको थियो । सन् २०१० मा आइपुग्दा एकवर्षमा १ खर्बको कारोबार हुने गरेकोमा पछिल्लो वर्ष ३/४ महिनामा नै कारोबार रकम १ खर्ब नाघ्ने अवस्थामा पुगेको छ । कारोवार बढेपछि सरकारले पाउने करपनि बढ्छ । सरकारलाई घाटा छैन भने महिला सहभागिता बढाउन कर छुट दिनुपर्छ । एसडिजीको लागि अवसर सबैको लागि भन्ने रहेको छ ।
तपाईले सहर बजारमा पनि पढेका महिलाहरुलाई सेयर बजारको बारेमा सोध्नु भयो भने धेरैको जवाफ श्रीमानले हेर्ने गरेको भन्ने आउँछ । यसमा जानकारी गराउनुपर्छ ।
पुरुष विभिन्न काम बाहिरको काममा बढी व्यस्थ रहेको हुन्छ । बालबालिकालाई बढी भूमिका पुरुषले भन्दा महिलाले दिएका हुन्छ । पुरुषहरुमा बालबालिकालाई सिकाउने मेरो भूमिका होइन भन्ने होइन । बच्चालाई आमाले भनेको कुरामा बढी विश्वास हुन्छ । केही चोट लाग्यो भने ऐया आमा भन्छौ । केही समयपछि भने महिला सहभागति बढेपछि यसमा कर लगाउन सकिन्छ ।
हामीले अहिलेसम्म के विकास गर्यौं । । काठमाडौ जोड्ने ठूलो बाटो एउटा छ, त्योपनि राम्रो छैन । पर्यटनमा हामी राम्रो गर्न सक्छौ । विकास गर्नको लागि हामीलाई खर्बौ रकम चाहिएको छ । यति रकमले विकास हुन्छ भन्ने हुँदैन । एउटा परियोजना बनाउनको लागि महिनौ लाग्छ । जलविद्युत् आयोजनालाई रुख काट्नको लागि कति समय लाग्छ ।
पुरुष विभिन्न काम बाहिरको काममा बढी व्यस्थ रहेको हुन्छ । बालबालिकालाई बढी भूमिका पुरुषले भन्दा महिलाले दिएका हुन्छ । बच्चालाई आमाले भनेको कुरामा बढी विश्वास हुन्छ ।
नेपालमा लगानी गर्नको लागि विदेशी लगानीकर्ताहरु डराउँछन् । एउटा राजनैतिक कारणले डराउँछन् । अर्कोकुरा राजनीतिक लोकप्रियताको लागि जे पनि बोल्ने गर्छौं । लामो समयलाई अध्ययन नगरी हामी बोल्छौ । यसले नेपालको शाखमा कति असर परेको हुन्छ । त्यसलाई नेताहरुले ख्याल गरेका हुँदैनन् । त्यसकारण नेपालमा विदेशी लगानी आउँन सजिलो छैन । राजनैतिक अस्थिरता संसारभर हुन्छ । तर, आर्थिक लगानीका नीतिहरु परितर्वन हुँदैनन् । हामी नेपालीहरु जति दुखमा पनि हासेर बसेका छौ ।
नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता तयार छन् । अहिले वित्तीय प्रणालीमा करिब २२ खर्ब रुपैयाँ निक्षेप छ । बिमा कम्पनी गर्दा २५ खर्ब रुपैयाँ वित्तीय प्रणालीमा छ । हामीलाई त्योभन्दा बढी पैसा चाहिएको छ । जलविद्युत् क्षेत्रमा ८४ हजार मेगावाट उत्पादन भनेर मैले बच्चा बेलापनि सुने अहिले मेरो छोरा १२ बच्चाले पनि त्यही बढेको छ । तर,उत्पादन भएको छैन ।
पुँजी बजारमा उतारचढाब रहेको छ । यसलाई हतोसाहित गर्ने र प्रोत्साहन गर्नेगरी आउँछ । बजारमा जति धेरै सहभागी भए त्यतिधेरै विकसित हुन्छ । भारतमा कुनै उद्योग स्थापना हुँदा आइपिओमा जान्छन् र पैसा उठाउँछन् । हाम्रोमा हरेक आइपियोमा मागभन्दा बढी रकमको आवेदन पर्छ ।
तर, कम्पनीले माग अनुसारको सेयर दिन सक्दैन । माग अनुसारको क्यापिटल बढाउन दिनुपर्छ । आएको पैसालाई प्रयोग गर्नपनि दिएका छैनौ । अहिले सबैले दीर्घकालीन भन्दापनि अल्पकालिन हिसाबले खर्च गरेका छन् । अहिले पुँजी बजारमा प्रवेश गराउनका लागि शतप्रतिशत कर छुट दिनुपर्छ । अर्को ५ देखि १० वर्षसम्म छुट दिनुपर्छ । मैले यस बारेमा अर्थमन्त्रालय र धितोपत्र बोर्डमा पनि यस्तो सुझाव दिएको छु ।