नाकाबन्दीपछि पहिलोपटक पेट्रोलियम पद्धार्थको मूल्य बढ्यो



काठमाडौं । भारतीय नाकाबन्दीपछि पहिलोपटक पेट्रोलियम पद्धार्थको मूल्य बढेको छ । नेपाल आयाल निगमले आइतबार राती १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा मूल्य बढाइएको हो । जसअनुसार अब उपभोक्ताले एक लिटर पेट्रोलका लागि १०१ रुपैयाँ ५० पैसा भएको छ ।

डिजेल र मटितेलमा लिटरको ४ रुपैयाँ ५० बढेर रुपैयाँ भएको छ । र, दुबैको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ ।

ग्यासको मूल्य भने पुरानै कायम राखिएको छ । हाल ग्यास एक सिलिन्डरको १३ सय २५ रुपैयाँ थियो ।

भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार आयल निगमले तेलको मूल्य बढाएको निगमले जनाएको छ।


पुष्प दुलाल